३ लाख घुससहित इन्जिनियर रंगेहात यसरी पक्राउ परे
काठमाडौँ, ५ भदौ । घर निर्माण सम्पन्नको प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा इन्जिनियर दिनेश श्रेष्ठ पक्राउ परेका छन ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ का सव इन्जिनियर श्रेष्ठलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो ।
घुस रकमसहित महाराजगञ्को नियालो रेष्टुरेन्टबाट श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
५ भदौ २०७३, आइतवार १२:५० बजे प्रकाशित