नारायणहिटीकी बडामहारानीको लाइन काटियो !
काठमाडौँ, ५ भदौँ । माओवादी केन्द्रको नेतृत्वमा बनेको नयाँ सरकारको निशानामा पुर्वराजपरिवार परेको छ । यसअघि कुनै सरकारले पनि लामो समयदेखि महसुल नतिरेको भन्दै लाइन नकाटिएकोमा उर्जामन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले पूर्व मुमा बडामारानी रत्न बस्दै आएको घरको लाइन काटिएका दिएका छन ।
नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेपछि रत्न अध्यारोमा बस्न बाध्य भएकी छन । झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेकामा प्राधिकरणले सोझै लाइन काटेर ध्यानाकर्षण गराएको छ । गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडे पनि रत्न भने नारायणहिटीकै महेन्द्र मञ्जिलमा बस्दै आएकी छन ।
शनिबार मात्र उनले ८९ औं जन्मदिन मनाएकी थिइन । महेन्द्र मञ्जिल छाड्न नचाहे पछि सरकारले रत्नलाई जीवन भर महेन्द्र मञ्जिलमा बस्न अनुमति दिएको थियो । गणतन्त्रपछि नारायणहिटीलाई संग्रहालय बनाइएपनि सरकारले विद्युत महसुल भने तिरेको छैन ।
५ भदौ २०७३, आइतवार १२:३७ बजे प्रकाशित