विपक्षीको गर्जन : माओवादी सरकार भारत परस्त

KP-oli-talkingकाठमाडौँ, ७ भदौँ । विपक्षी दलहरुले फाष्ट ट्रयाक निर्माणको काम विदेशीलाइ दिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । सिंहदरबारस्थित राज्य व्यवस्था समितीको हलमा आज बिहान बसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित अन्य विपक्षी दलहरुको बैठकले स्वदेशी लगानीमा नै फाष्ट ट्र्याक बनाउनुपर्ने भन्दै सरकारले बिदेशीलाइ जिम्मा दिनसक्ने भन्दै आपत्ति जनाएका हुन् । बैठकले चीन तथा भारतसँग भएका महत्वपूर्ण र राष्ट्रहितका पक्षमा भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारलाइ दबाव दिने निर्णय गरेको छ । मुलुकको हितमा भएका सहमति कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।

स्थानीय तहको सिमा तथा संख्या निर्धारणबारे आजको बैठकमा सामान्य छलफल भएको र अर्को बैठकमा ठोसरुपमा छलफल हुने मैनालीले जानकारी दिनुभयो । विपक्षी दलहरुको बैठक केहिदिनमा फेरी बस्नेछ । आजको बैठकमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम,नेकपा माले महासचिव सिपी मैनाली,जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी,राप्रपा नेपालका दिलनाथ गिरी,नेमकिपाका प्रेम सुवाल लगातको सहभागिता थियो ।

७ भदौ २०७३, मंगलवार ०९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु