कांग्रेस स्थानीय तहको चुनावका लागी तयार !

14072016082028nepali-congress-flagकाठमाडौँ, ७ भदौँ । नेपाली कांग्रेसको संसदीय दलले स्थानिय निकायको पूनसंरचनको विषयमा समुहगत प्रतिवेदन तयार पारेको छ । मंगलबार नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसदको भवनमा बसेको कांग्रेसको संसदीय दलको बैठकमा सात प्रदेशका सांसदहरुलाइ समुहगतरुपमा विभाजन गरि छलफल गराइएको र सातैवटा समुहको प्रतिवेदन तयार भएको कांग्रेस स्रोतले जनाएको छ । बैठकमा स्थानिय निकाय पुनसंरचना आयोगका पदाधिकारीहरुले आफूहरुले स्थानिय तहको संख्या ५ सय ६५ वटा बनाउन गरेको प्रस्तावको आधार र आयोगका कामकारवाहीबारे जानकारी गराएका छन् ।

बैठकमा आयोगका पदाधिकारीहरुले आफुहरुले अवधारणा मात्र प्रस्तुत गरेको र संख्या निर्धारणको प्रस्तावमात्र गरिएकाले दलीय सुझावको आधारमा परिमार्जन गरिने बताएका छन् । त्यसपछिको समुहगत छलफलमा कांग्रेसका तराइ क्षेत्रका सांसदहरुले जनसंख्याको आधारमा स्थानीय निकायको सिमा तथा संख्या निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् भने पहाडी क्षेत्रका सांसदले भूगोल तथा जनसंख्याका आधारमा संख्या तथा सिमा निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् । अब समुहगत रुपमा छलफलपछि प्राप्त सुझावलाइ संसदीय दलको कार्यसमितीले एकरुप दिने र केन्द्रिय कार्यसमितीले ठोस निर्णय गर्ने कांग्रेस स्रोतले जनाएको छ । आयोग पदाधिकारीसँगको छलफल पछि बैठकमा हिजो र अस्ति भएको पार्टीका जिल्ला सभापतिहरुको भेलाले निकालेको निष्कर्षमा छलफल भएको छ । नेपाली कांग्रेस पदाधिकारी,केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुको हिजो सम्पन्न बैठकले स्थानीय निकायको पुनसंरचना गर्दा सेवा सुविधाबारे ध्यान दिन पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

७ भदौ २०७३, मंगलवार १४:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु