लामो सकसपछि एमालेले प्रदेश कमीटि संयोजक तोक्यो
काठमाडौँ, ७ भदौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले सात प्रदेशको संयोजक र सहसंयोजक तोकेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको एमाले स्थायी समितिको बैठकले सबै प्रदेशको संयोजक र सहसंयोजकको टुंगो लगाएको हो । जसअनुसार प्रदेश नम्बर १ को संयोजकमा भीम आचार्य र सहसंयोजकमा शेरधन राइ तोकेको छ । २ मा सत्यनारायण मण्डल संयोजक तथा नागेन्द्र चौधरी सहसंयोजक, ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी सहसंयोजक तोकिएको छ ।
त्यसैगरी प्रदेश नम्बर ४ को संयोजकमा किरण गुरुङ र सहसंयोजकमा गणेश तिम्सिना, प्रदेश नम्बर ५ को संयोजकमा उप महासचिव बिष्णु पौडेल र सहसंयोजकमा दलबहादुर राना तोकिएको छ । प्रदेश नम्बर ६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा यामलाल कँडेल प्रदेश नम्बर ७ मा संयोजक भीम रावल र सह संयोजक कार्ण थापालाई जिम्मेवारी दिइएको एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।
७ भदौ २०७३, मंगलवार १४:४४ बजे प्रकाशित