भारतबाट के–के बोकेर नीधि काठमाडौँ उत्रिए !

Deputy Prime Minister Bimalendra Nidhi (c) speaks with media before flying to New Delhi, at the Tribhuvan International Airport, Kathmandu, on Thursday, August 18, 2016. Photo: RSS

काठमाडौँ, ७ भदौँ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका छन । पाँच दिन लामो भारत भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधीले भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका हुन । उनले भारत भ्रमणका क्रममा भएका भेटवार्तामा आफूले नेपालका राजनीतिक प्राथमिकताबारे जानकारी गराएको बताए । निधिले भारतीय नेतृत्वसँग नेपाल सरकारको प्राथमिकतामा स्थानीय, प्रादेशीक र केन्द्रीय निर्वाचन रहेको प्रष्ट पारेको जानकारी जिकिर गरे ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण निश्चित भएको निधिले जानकारी दिए । भारतीय सत्तापक्ष र विपक्षी नेतासँगको कुराकानीमा नेपाल सरकारले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको कुरासमेत प्रष्टसँग राखेको उनले दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका मन्त्री निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, कंग्रेस आईका नेता एवं भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह र भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए ।

७ भदौ २०७३, मंगलवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु