प्रधानमन्त्रि ओली चीन प्रस्थान
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ५६ सदस्यीय जम्बो टोली सहित ८ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ गएका लागेका हुन् । भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री(पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसद समेत रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको रहेको भएपनि व्यापारी र निजी क्षेत्रका ३० देखि ३५ जना व्यक्ति पनि थपिएका छन् ।
७ चैत २०७२, आइतवार ०७:१९ बजे प्रकाशित