इन्धन आयात अनुमति लिएका ३६ कम्पनी खारेज
सुस्मिता बजगाईं
काठमाडौं, ७ चैत । पेट्रोलियम पदार्थ आयातका लागि अनुमति लिएका ३६ कम्पनी खारेज भएका छन । सरकारको निर्णय विवादमा तानिएपछि सरकारले ती कम्पनीको अनुमति खारेज गरिदिएको हो । भारतले लगाएको नाकाबन्दीपछि राजपत्रमा प्रकाशित गरेर बिभिन्न ३६ कम्पनीलाई तेल आयातको अनुमति दिइएको थियो । तर मालिका पेट्रोलियमको अनुमति भने खारेज भएकोा छैन । दीर्घकालिन पेट्रोलियम कारोबारका अनुमति दिएको भन्दै मालिकाको अनुमति खारेज नभएको जनाइएको छ । अस्थायी अनुमति पाएका कम्पनीलाई मात्रै खारेजी गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।
७ चैत २०७२, आइतवार ०७:३४ बजे प्रकाशित





