कोरोना अपडेट : २२९९ जना थपिए, ३४५१ जना संक्रमणमुक्त, ३४ जनाको मृत्यु

१८ असार,काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २२९९ जना कोभिड बिरामी थपिएका छन् । १० हजार ५९६ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३४५१ जना संक्रमणमुक्त भएका छन् ।
कूल संक्रमित संख्या ६ लाख ४२ हजार ५३ (पीसीआर) पुगेको छ भने एन्टीजेन संक्रमित संख्या ३६ हजार ७५५ पुगेको छ । कूल मृतक संख्या ९१७९ पुगेको छ ।
काठमाडौं जिल्लामा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५०४०, भक्तपुरमा १२८३ र ललितपुरमा १८२५ जना सक्रिय संक्रमित छन् ।
१८ असार २०७८, शुक्रवार २१:०४ बजे प्रकाशित