कर्णाली प्रदेशमा १७ कोरोना संक्रमित थपिए
कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, दैलेखका दुईजना कालिकोट, बर्दिया, बाँकेका एक–एकजना गरी १७ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
कर्णालीमा योसँगै कोरोना हुनेको संख्या दुई हजार ६ सय ९१ पुगेको छ ।
मंगलबार कर्णालीबाट २३ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट कोरोना संक्रमण निको भएर घर फर्किएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।
कर्णालीका कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार तीन सय ४० पुगेको र हाल तीन सय ४५ जना कोरोनाका संक्रिय बिरामीको संख्या रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।
२३ भदौ २०७७, मंगलवार १४:५३ बजे प्रकाशित