चीनको पारदर्शी व्यवहारका कारण विश्वमा करोडौं मानिसको ज्यान जोगियो: सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको विषयमा चीनले खुला र पारदर्शी ढंगले काम गरेको बताएका छन्।

आफ्नो खुला र पारदर्शी व्यवहारकै कारण विश्वमा करोडौं मानिको ज्यान जोगिएको पनि सीले मंगलबार बताए।

मुख्यगरी संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसलाई सामान्य भाइरसको संज्ञा दिएको थियो।
चीन तथा डब्लूएचओले कोरोना भाइरसबाट सतर्क रहन भनिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अटेर गरेका थिए।

जब कोरोनाले अमेरिका सबैभन्दा बढी प्रभावित बन्यो तब अमेरिकी अधिकारीहरुले चीनले कोरोना भाइरसको खतराबारे सुरुमै जानकारी नदिएका कारण यस भाइरस विश्वव्यापी बनेको आरोप लगाएको थियो।

चीनले कोरोना भाइरस प्रयोगशालामै बनाएको भन्ने आशंका पनि गरिएको थियो। तर चीनले आफूले कोरोनाबारे सुरुवातमै जानकारी दिएको भएपनि अमेरिकाले त्यसको बेवास्ता गरेको प्रतिक्रिया जनाएको छ।

कोरोना वुहानको प्रयोगशालामा बनेको भन्ने अमेरिकी आरोप पनि हल्ला र अफवाह मात्र भएको चीनको भनाइ छ।

हालसम्म २ करोड ७५ लाख मानिसमा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ८ लाख ९६ हजारको मृत्यु भएको छ।

सीका अनुसार चीनले सुरुवातमै कोरोनाको खतराबारे जानकारी दिएकाले विश्वभरका धेरै मानिसको ज्यान जोगियो।

सीले भनेका छन्,‘चीनले पारदर्शी ढंगबाट सुरुवातमै कोरोनाको खतराबारे जानकारी दिएकाले विश्वभर करोडौंको ज्यान जोगियो।

२३ भदौ २०७७, मंगलवार १४:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु