नागढुंगाबाट देखिएको काठमाडौं (फोटो फिचर)

काठमाडौं प्रवेश गर्ने मुख्य द्वार नागढुंगाको चेकपोस्ट नजिकैको डाँडाबाट उपत्यकाभित्र र बाहिरका धेरै मनोरम दृश्य देख्न सकिन्छ ।
चेकपोस्टबाट १० मिनेट हिँडेर पुगिने डाँडाबाट काठमाडौं उपत्यकाभित्रको वस्तीका साथै धादिङका डाँडाकाँडाको दृश्य पनि देखिन्छ ।
बस्ती बाक्लो नभइसकेकाले थानको नजिकैको फाँटमा घरका साथै टनेलका खेती छपक्कै देख्न सकिन्छ । फाँटमा प्लास्टिकको छानो हालेर बनाइएका टनेलले त्यस क्षेत्रमा कृषि कर्मको नमुना देखिन्छ ।
डाँडाबाट दक्षिणतिर हेर्दा राजमार्गमा उपभोग्य सामान बोकेर आएका ट्रकका लाइन देखिन्छ भने धादिङका विभिन्न क्षेत्रका मनोरम डाँडा र बस्ती देखिन्छ ।
हेर्नुहोस् तस्वीरहरु:
२३ भदौ २०७७, मंगलवार १४:३३ बजे प्रकाशित