बेलायत, चीन र रूसले बनाएको कोरोना भ्याक्सिनको परीक्षण नेपालमा गर्न स्वीकृति प्रदान
नेपालमा चीन, रूस र बेलायतले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।
परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने जानकारी दिए।
उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी दिए।
भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं, उनले भने।

७ भदौ २०७७, आइतवार २२:५० बजे प्रकाशित





