निषेधाज्ञाको अटेर गर्नेलाई सचेत गराउदै प्रहरी

समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउँदै धादिङ प्रहरीले सर्वसाधारणको आवागमनमा चेकजाँचमा कडाइ गरेको छ ।

धादिङ प्रहरीले मास्क प्रयोग नगर्नेलाई र विनाकाम निस्फिक्री मोटरसाइकल कुदाउने १५० जनालाई सचेत गराएको छ।

कोभिड(१९ को जोखिम र धादिङ जिल्लामा निशेधाज्ञा कायमै रहेको बेला बिना काम हिडडुल गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना दिन थालेको हो ।

कोभिड १९ का संक्रमित दिनप्रतिदिन बढिरहेको अवस्थामा घरबाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिए पनि अटेरी गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना प्रदान गर्न थालेको हो ।

घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संक्रामक रोग ऐन २०२० अर्न्तर्गत कारवाही गर्ने ईलाका प्रहरी कार्यालय गजुरीका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए ।

उनका अनुसार बिना काम मोटरसाइकल कुदाउनेहरुलाइ दुई घण्टा होलड गराएर सम्झाइ बुझाइ छाडिएको खड्काले बताए।

मलेखु बजार देखि बिहानी पम्प र चालिसे आदमघाट लगायत गजुरी एरियामा कडा गरिएको छ । हाइवे र टायर पसल ग्यारेजमा कडा निगरानी र अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ ।

७ भदौ २०७७, आइतवार २३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु