उद्धार उडानबाट फर्किनेले सिधै आफ्नो प्रदेश जान नपाउने

उद्धार उडानबाट फर्किने नेपाली नागरिक अब होल्डिङ सेन्टरबाट सिधै आ-आफ्नो प्रदेश जान नपाउने भएका छन् ।

उनीहरु कम्तिमा एक साता काठमाडौं उपत्यकाको क्वारेन्टाइनमा बस्नुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

आईतबार गृह–सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको क्वारेन्टिन ब्यवस्थापन समितिको बैठकले ‘उद्धार उडानबाट स्वदेश फर्किनेलाई राख्न उपत्यकामा क्वारेन्टिन निर्माण र सञ्चालन’ गर्ने निर्णय गरेको छ ।

चैत ४ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्धार उडानबाट फर्किनेका लागि क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापन प्रक्रिया शुरु गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव० चक्रबहादुर बुढाले बताए ।

बुढाले भने- ‘उद्धार उडानबाट फर्किनेहरुलाई उपत्यकाको क्वारेन्टाइनमा बस्नुपर्छ, पिसिआर जाँच रिपोर्ट नेगेटिभ आएपछि मात्रै उहाँहरुलाई घर पठाउँछौं ।’

गृह मन्त्रालयको पछिल्लो निर्णयसँगै यसअघि विदेशबाट आउने नेपालीलाई सेनाले होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेशसम्म स्कर्टिङ गर्ने निर्णय अन्त्य भएको छ ।

उद्धार उडानबाट फर्कनेहरुलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि स्वाव संकलन गरिने र कोरोनाको नेगेटिम रिपोर्ट आएपछि मात्रै घर पठाइन्छ ।

उद्धार उडानबाट फर्कनेलाई होल्डिङ सेन्टरबाट स्कर्टीङ गरेर सम्बन्धित प्रदेशसम्म लैजान छाडिएको नेपाली सेनाका प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले बताए ।

सिसिएमसीले जारी गरेको ‘सवारी पास’को आधारमा पछिल्लो समय विदेशबाट अउनेलाई बाटोमा चेकजाँच गर्नेगरी सम्बन्धित प्रदेशमा पठाउन थालिएको थियो ।

गृह मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई तोकिएको सिमानाकाबाट आवागमनको अभिलेख राखेर ‘प्रवेश अनुमति’ दिइरहेको छ ।

७ भदौ २०७७, आइतवार २२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु