आज सुन चाँदीको मूल्य कतिले घट्यो ?

९ असार, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सय र तेजाबी प्रतितोला ९० हजार २०० रुपैयाँमा किचबेच भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९१ हजार र तेजाबी सुन ९० हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।
९ असार २०७८, बुधवार १२:०९ बजे प्रकाशित