उपत्यकाका ९ प्रहरी वृत्तका प्रमुख फेरिए

९ असार, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरेका छन् । एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।
मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार प्रहरी वृत्त, गौशालाको जिम्मा केशव भट्टराईले पाएका छन् भने कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल पठाइएका छन् ।
कहाँ को पठाइए ? सूची
ढुण्डिराज न्यौपाने, बौद्ध
दुर्गाप्रसाद दाहाल, लैनचौर
प्रमिश विष्ट, महाराजगञ्ज
भरत श्रेष्ठ, सिंहदरबार
मिनबहादुर कुँवर, मालिगाउँ
भिमबहादुर लामा, बानेश्वर
मिलन केसी, स्वयम्भु
उपत्यकाका प्रहरी वृत्तहरुमा पठाइएकासहित ५७ जना डीएसपीको सरुवा भएको छ ।
९ असार २०७८, बुधवार ११:४४ बजे प्रकाशित