अरुण भ्यालीको नाफा २१ प्रतिशतले वृद्धि

अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.६७ प्रतिशतले बढी हो । गत वर्ष यसले ५ करोड ८६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यस्तै,कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।

३० वैशाख २०७८, बिहीवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु