सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा पोर्टोमा हुने
च्याम्पियन्स लिग फुटबलको फाइलन खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।
पोर्चुगलमा हुने फाइनल खेलमा दुवै टोलीका दर्शकले अनुमति पाउने भएका छन् । जसमा दुवै टोलीका ६/६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।
च्याम्पियन्स लिगको फाइनलमा दुई क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।
३० वैशाख २०७८, बिहीवार १७:५३ बजे प्रकाशित





