निषेधाज्ञामा नेपाल टेलिकमको नयाँ अफर
निषेधाज्ञालाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरूका लागि आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको छ ।
वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक: २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ ।
सेवाग्राहीले आवश्यकताबमोजिम डाटा चलाउन र कुराकानीसमेत गर्न सकिनेछ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ ।
यो प्याकअनुसार प्रतिदिन २३ रुपैयाँका दरले खर्चिँदा १ जीबी डाटा र १४ मिनेटसम्म कुराकानी गर्न सकिने छ ।
७ दिनका लागि १.५ जीबी प्याक: ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमले स्प्रिङ अफरअन्तर्गत अल टाइम डाटा प्याकको रूपमा यो प्याक ९५ रुपैयाँमा मा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ ।
२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक स् २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ ।
५०० एमबी पर डे डाटा प्याक स् २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।
यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
३० वैशाख २०७८, बिहीवार १७:२२ बजे प्रकाशित




