सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
सुनको भाउ आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२१ कात्तिक २०७७, शुक्रवार १४:१० बजे प्रकाशित





