प्रहरीमा ३६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको छ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो।

विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो। सबैभन्दा धेरै भान्छेमा २ सय ६१ जना माग गरिएको छ।

जागिर खान इच्छुकले पुस ६ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ। फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ। त्यस्तै प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ।

१८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

२१ कात्तिक २०७७, शुक्रवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु