केनको दुई सयौं गोल, मिलानको अपराजित यात्रा टुंगियो

ह्यारी केनले बिहीबार टोटनहमका लागि आफ्नो दुई सयौं गोल पूरा गरेका छन् ।

यससँगै इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले युरोपा लिगमा लुडोगोरेट्सलाई ३-१ ले हरायो ।

एसी मिलान भने आश्चर्यजनक रूपमा लिलेसँग ३–० ले पराजित रह्यो । यससँगै उसको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । मिलानले समूह ‘एच’ मा आफ्नो अपराजित यात्रा गुमाएको हो ।

बुल्गेरियाको प्रतिद्वन्द्वीमाथि प्राप्त जितपछि टोटनहम समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो ।

इंग्ल्यान्डको अर्को क्लब लेस्टर सिटीले भने समूह ‘जी’ मा आफ्नो पकड बलियो बनाएको छ । यसका लागि उसले युक्रेनको एफसी जोरयालाई ४-१ ले हरायो ।

यस्तै आर्सनलले लगातार तेस्रो जित निकाल्ने क्रममा मोल्डेलाई ४-१ ले पन्छायो । लन्डन टिम समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

समूह ‘ए’ मा एएस रोमाले आफ्नो प्रभावशाली जित निकाल्ने क्रममा रोमानियाको सीएफआर क्लुजलाई ५-० ले पन्छायो ।

यही समूहमा योङ ब्वाइजले सीएसकेए सोफियालाई ३-० ले हरायो ।

२१ कात्तिक २०७७, शुक्रवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु