कविता : सुख

उजागर गरौं मनभित्रको क्षमता
प्राप्त हुन्छ स्वनिर्भरताको दक्षता ।

खुशी हुन चाहिन्छ साधना
हृदयमा पाइन्छ भावना ।

परिस्थितिले सबैलाई दिन सक्छ दुख
मन न हो, दुखै भित्र भेटाइन्छ सुख

ध्यान लगाउँ हरेकमा बढ्दै जान्छ ज्ञान
जानी राखौं असफलताको एउटै कारण हो अज्ञान

भुत-भविष्य एक पटक सम्झिएर हेर
वर्तमान छ अमुल्य, नफालौं है खेर

८ चैत २०७६, शनिवार ०६:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु