बाल कबिता : आगो

जन्मेपछी न्यानो दिन मरेपछि जलाउन 

मानिसको पेट भर्न दाउरा सल्काउन ।

शुभ कार्यमा अग्नि साक्षी राखी गर्नुपर्छ भक्ती
गहिराईमा डुबि हेर्दा यसको छ ज्यादा शक्ति ।

खरानी नि काम लाग्ने लाइ , किरा मार्न
झ्यास पोलि मल , माटो मलिलो पार्न ।

होसियार बनौं नत्र लिनसक्छ ज्यान
क्षेणभरमै भष्म पार्छ नदिएमा ध्यान ।

आवश्यकता पूरा गर्न आगोकै छ काम
सचेत रहौ होइन भने बसाल्दिन्छ डाम ।

 

२२ असार २०७७, सोमवार ०३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु