‘मेरो घरमा चिसो गयल छ’
फिरफिर फिरफिर हिउँ पानी पनि पर्छ ।
तुसारो र सित हेर त्यहि छानोमा झर्छ ।
तुसारोको भेल बनी बग्न थाल्यो कुलो,
चिसो बढ्दा गरिबको निभ्ने रैछ चुलो ।
टालटुल पारी गरिबले लगाउँछन् नाना,
महाजन ताली पिट्दै बजाउँछन् गाना ।
टालेकै नि न्यानो छैन् कामिराछ ज्यान,
जोडी आँखा रोइरहन्छन थामिदैन मन ।
गरिबको हालत यहाँ आगो तापी काप्छन,
धनीहरुले एसीसँग डबल सिरक खाप्छन ।
कति हेर्नु निमुखालाई साहुले कजाको,
बर्गीय नेताले शहरमा महल सजाको ।
गरिब बिचरो रातदिन भनिरन्छ काम,
जस्को सोच भष्ट उसकै हातमा दाम ।
गरिब भन्छ, झुपडीमै सुख सयल छ,
नेता भन्छ, मेरो घरमा चिसो गयल छ ।
२० पुस २०७६, आइतवार ०४:१८ बजे प्रकाशित













