मनमा आँट भए गाउँको विकाश टाढा छैन
विरेन्द्र पाण्डे, लमजुङ् । नेपाल अर्थतन्त्रमा गरीब राष्ट्रमा चिनिएको मुलुक हो । रोजगरीको शिलशिलामा यहाँका हजारौहजारौ यूवाहरु विदेश पलाएन हुन बाध्य बनेका छन । आफ्नो गाउँघर पाखापखेरा बुवा आमा साथिभाईको सबैको मायालाई मुटुमा राखेर विदेशियन बाध्य बनेका नेपाली यूवा मन भने आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै देशमा माया छातिमा राखेर हिडेका हुन्छ ।
विदेशमा रहेका यूवाहरुमा देशमा केही गर्न पाए भन्ने सोच हुन्छ मात्र देशमा सच्चा इमान्दार राष्ट्रभक्तm नभएर मात्र प्रवासी नेपालीले लगानी गर्न आटँ गर्देनन किनकी आफुले दुःख गरेको रकम कसैको विकाशको नाउँमा खैलौना नहोस भन्ने चाहन्छन । । देशमा सच्चा देशभक्तिm नभएकै कारण होला भुकम्प पिडितको लागि आएको रकम सही सदुपयोग तरीकाले सदुपयोग भएको छैन ।
जसकारण पिडित झनै पिडित हुन बाध्य बनेका छन । आफ्नो देश छोडेर विदेशमा पुगेका नेपाली भने देशको माया चौपटै छ तर यो नसोचनु होला स्वदेशमा भएका नागरीकलाई चाहि देशको माया छैन भन्ने पनि प्रश्न उठ्न सक्छ । महिले त्यसो भन्न खोजेको होइन देशको माया नेपाली जहाँ भएपनि हुन्छ । मात्र देशको लागि आफुृ कसरी अगाडी बढ्ने भन्ने मात्र हो ।
त्यस्तै स्थानिय तहको निर्वाचन नजिकैसंगै स्थानिय तहका नेता देखी राष्ट्रिय तहका नेता सम्म अहिले प्रचारप्रचारमा लागि परेका छन । नेपालीको महान चाड विजय दशैमा आफ्नो परीवारको लागि मात्र गाउँमा मुख देखाउन टिकाको दिनमा मात्र पुग्ने नेताजी अहिले गाउँको प्रत्येक घरघरमा पुग्न भ्याएका छन । आफुलाई सधै व्यस्त्तता देखाउने नेता जी हाल गाउँका यूवा,बुद्धिजिवी,समाजसेवी साथै शिक्षकवर्गहरुको समेत दिमाख चाट्न भ्याएका छन । भन्दै छन स्थानिय तहको निर्वाचनमा हामीलाई जिताउनुहोस तपाईको इच्छा गाउँको. विकास देशको विकाश भन्दै चिया पसलमा गफ गर्न समेत भ्याएका छन । विभिन्न राजनैतिक आस्था बोकेका राजनितिक दल विभिन्न आशाहरु देखाएर सोझा साझा जनता बहुमुल्य मत आफ्नो पोल्टामा पार्ने दाउँमा छन । कोही भन्छन ५वर्षमा पुरा लोडसेडि…अन्त्य हुन्छ ।
कोही भन्छन बुढेशकालमा हामी साहारा भन्ने छौ । कोही भन्छन एकमात्र पार्टी हामी हो हामीलाई भोट दिनुहोस ५ वर्षमा सम्बुद्ध भन्छ देश । कसको कुरा सुन्ने हो जनताले ?देशको राजधानीमा लोडसेडि..अन्त्य भयो यो कुरा साचो हो तर धेरै त्यस्ता ठाउँ छन जहाँ लोडसेडि..मार खेपिरहेका छन । उदाहरणको लागि टाढा नै जानु प्रदैन लमजु..नै काफि छ किनकी त्यहा साना ठुला गरी ५ वटा हाइडोपार्वर छन । तर जनतालाई उपहार छ लोडसेडि..को कुन पार्टीले के गर्यो भन्दा पनि कुन ठाउँका मान्छेले के गरे कुन व्यतिmले देशको सेवा गर्यो सोच्ने बेला आएको छ । सन्दर्भ जोड्न चाहे ध्रुमुस सुन्तलीको यतिबेला सामाजिक संजालहरुमा ध्रुमुस सुन्तलीको नाम खुवै सुन्न र देख्न पाइन्छ । मुसहर बस्ती बनाएर उनीहरुले नेपालीको मन जित्न सफल भएका छन । मनमा चाहना हुनी हो भने विकास टाढा छैन भन्ने संन्देश सारा नेपाली तथा हाम्रा विवेकशिल नेताजीलाई दिइसकेका छन ।
सामाजिक कार्य जुटेर नेताजीलाई च्यालेन्ज दिएका छन लमजु..का यूवाले । नेपाली यूवा विदेश गएपछि आफ्नो घरपरिवार शहरमा सानै भएपनि एउटा बस्ने छानो बसाउने सपना देखेका हुन्छन । आफ्ना सपना इच्छालाई टाढा राखेर यतिबेला विदेशमा रहेका तथा स्वदेशमा रहेका नेपाली यूवाको सहकार्यमा राइनास नगरपालिमा ५ लमजुङका यूवा सामाजिक कार्यमा जुटेका छन । पूर्वी लमजुङको ऐतिहासिक राइनास क्षेत्रको पर्यटकीय सम्भावनालाई प्रवद्धन गर्न त्यहाका प्रवासीहरुले आर्थि सहयोग उपलब्ध गराएका छन ।
राइनास नगरपालिका–५ जोडिने निर्माणाधीन लोकमार्गदेखि मस्र्याङ्दी ढुन्डुर गुफासम्मको दुई सय किलोमिटर नयाँ बाटो निर्माण गर्न हो । उक्त बाटोको काम ६० प्रतिशत सम्पन्न भइसकेको साइट सुपरभाइजर सुनिल श्रेष्ठले जानकारी दिए । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न गुरुयोजना नै बनाएर अभियान थालिएको छ । ‘निकट भविष्यमा हाफ ब्रिज बनाएर मस्र्याङ्दी नदीमाथि बन्जीजम्प सुरु गर्न ‘एग्रो फार्म र रेस्टुराँ ’ बनाउन उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनामा सघाउन नगरपरिषद्ले सहमति जनाइसकेको छ ।
भिन्न देशमा कार्यरत राइनास लगायत अन्य क्षेत्रका युवाहरुले दश लाख रुपैयाँ संकलन गरेर गाउँमा पठाएको कतारबाट टेलिकम इन्जिनियर आर्बिन चिलुवालले जानकारी गराए । चिलुवालका अनुसार उक्त अभियान अन्तर्गत पहिलो चरणमा राइनास क्षेत्र पुग्ने पैदलमार्ग निर्माणका लागि सिंढीदार बाटो र बाटोमा रेलिङ राख्ने काम भइरहेको छ ।
सुरुमा उक्त क्षेत्रलाई पिकनिक र ¥याफ्टिङ गन्तव्यको रुपमा स्थापित गर्ने र विस्तारै स्थानीयकै लगानीमा बन्जी जम्प र प्याराग्लाइडिङ समेत सुरु गर्ने योजना तयार भइरहेको कतारमा कार्यरत सिभिल सर्बेयर अभियानका प्रस्ताबक सुरेन्द्र नखोलाले बताए । नखोलाका अनुसार धमिलिकुवादेखि राइनासकोटसम्म पुग्ने ट्रेकिङ रुट खोल्ने र राइनासकोटमा होमस्टे सञ्चालन गरिने छ ।
पर्यटकीय पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउने सहायताका लागि पाँच सय जना स्थानीय सेयर सदस्यको लगानीमा सहकारी खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको प्रस्तावक नखोलाले बताए । ‘यसो गर्दा भविष्यमा त्यहाँ होटल रेस्टुरेन्ट खोल्ने लगायत अन्य पूर्वाधार निर्माणको लागि आवश्यक आर्थिक स्रोत खोज्न अन्यत्र जानु नपर्ला भनेर सहकारीको अवधारणा ल्याएका हौँ’ उनले भने । उक्त अभियान सफल पार्न दुबई, जापान, अस्ट्रेलिया पुगेका गाउँका युवाहरु पनि सक्रिय रहेको शैलपुत्री माध्यमिक विद्यालयका शिक्षक उद्धवराज चिलुवालले बताए ।
गुरुयोजनालाई मूर्त रुप दिन नगरपालिका र अर्थ मन्त्रालय लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल भइरहेको चिलवालले बताए । आफ्नो क्षेत्रको विकास आफैंले गर्नुपर्छ भन्ने भाव स्थानीयमा जागिसकेकोले चाँडै नै योजनाले मूर्त रुप लिने अभियानका अगुवाहरु बताउँछन् ।
बाइसी-चौबीसी राज्य शासनमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदलयात्रा र एक घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । राइनासकोट क्षेत्र प्राकृतिक रुपमा धनी मानिएको मनोरम स्थल हो । यहाँबाट एक सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङलगायत गरी १८ वटा हिमशृंखला देख्न सकिन्छ । यहाँ बाइसी÷चौबीसी राज्यकालमा निर्माण गरिएको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका इतिहास बोकेका स्थल जिर्ण अवस्थामा रहे पनि त्यसको संवद्र्धन र प्रचारप्रसारका लागि सरकारी निकायबाट चासो भने दिइएको छैन ।
२५ वैशाख २०७४, सोमवार ०९:४४ बजे प्रकाशित













