राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भेट सकियो, के-के भयो छलफल ?
२६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेट सकिएको छ । राष्ट्रपतिसँग भेट गर्न साँझ प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेट भएको जनाइएको छ ।
राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । यो भन्दा अरु खुलेको छैन ।
२६ जेठ २०७८, बुधवार २२:२६ बजे प्रकाशित













