बादल बने एमालेको उम्मेदवार, हेलिकोप्टर चढेर पुगे हेटौंडा
२४ वैशाख, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् ।
उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् ।
वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
२४ वैशाख २०७८, शुक्रवार १२:०८ बजे प्रकाशित





