माओवादी उम्मेदवार डा. देवकोटाले मागे कलम चुनाव चिह्न

२४ वैशाख, हेटौंडा । माओवादी, कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका डा.  खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरको हुन् ।

उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित निर्वाचन अधिकृत तथा न्यायायधीश डिल्लिरत्न श्रेष्ठसँग छलफलमा छन् ।

देवकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।

२४ वैशाख २०७८, शुक्रवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु