नयाँ रेकर्ड : थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि ,५४ जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा देशभर नाै हजार ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

२० हजार तीन सय ६७ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार नाै सय ७० जना र सात सय ७५ जनाकाे एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार सात सय सात जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय २९ पुगेकाे छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।

 

२३ वैशाख २०७८, बिहीवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु