माधव नेपालसहित २७ सांसदलाई तत्काल कारबाही गर्ने ओलीको तयारी
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसद तत्काल कारबाही गर्ने तयारी गरेका छन् ।
उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर तत्काल कारबाही गर्नुपर्ने देखिएको ओली निकट एक् नेताले बताए ।
ओलीले कारबाही गर्न लागेका सांसदहरुमा माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरू रहेका छन्।
अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा माधव नेपाल पक्षमा छलफल भइरहेको छ ।
यहि बेला ओलीले माधव नेपालसहित २७ सांसदलाई तत्काल कारबाही गर्ने ओलीको तयारी गरेका हुन् ।
यता माधव नेपाल समूहका कम्तीमा २० वा २७ जना जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल भइरहेको एमालेका एक प्रभावशाली नेताले बताए ।
त्यो विकल्पमा जानुअघि ओलीले कारबाहीको डण्डा लगाउन लागेका हुन् ।
२१ वैशाख २०७८, मंगलवार १५:५१ बजे प्रकाशित





