बादललाई गृहमन्त्रीबाट हटाउने ओलीको तयारी
			प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा बादललाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । बादल यतिबेला प्रधामन्त्री ओलीसँग असन्तुष्ट छन् । विशेषगरी युवा संघको पुर्नगठनमा उनको पक्षधले बहिष्कार नै गरेको थियो ।
आफुसंग असन्तुष्ट रहेका बादललाई खुसी बनाएरै राख्ने तर गृहमन्त्रीबाट हटाएर अर्को कुनै मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको वालुवाटार स्रोतले बतायो ।
‘बादललाई हटाउने नै भनेको होइन तर, प्रधानमन्त्रीले गृहमन्त्रीमा अर्को व्यक्ति ल्याउन चाहनु भएको छ’ एक नेताले भने ।
दुई मन्त्रीको बालुवाटारमा खोजी
केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताएका थिए ।
त्यसपछि ती दुईजना को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ ।
बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ ।
‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भृकुटीमण्डपमा आयोजित विरोध सभामा भनेका थिए, ‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’
ती दुई मन्त्री मध्ये एक बादल भएको कतिपय ओली समुहका नेताहरुको आशंका छ । यो आशंकाले पनि प्रधानमन्त्रीले बादललाई गृहमन्त्रीबट हटाउन लागेको बताइन्छ ।
३ फागुन २०७७, सोमवार २२:०६ बजे प्रकाशित
						 




