सर्वोचद्धारा प्रधानमन्त्री ओलीको नाम भएको रिट दर्ता गर्न अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम विपक्षीको सूचिबाट हटाइएको देखिन्छ ।

अधिवक्ता गुणराज आचार्यद्वारा दर्ता रिटमा ‘प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ लाई केरमेट गरेर गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं थप गरिएको हो ।

अदालत प्रशासनले प्रधानमन्त्री ओलीको नाम भएको रिट दर्ता गर्न अस्वीकार गरेपछि गृह मन्त्रालयको नाम राखेर निवेदन दर्ता गरेको देखिन्छ ।

रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर टेकु र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याल यो घट्नाले कार्यकारी प्रमुखको प्रभाव अदालत प्रशासनसम्म पुगेको देखिएको बताउँछन् । उनी भन्छन्, ‘निवेदकले जसलाई विपक्षी बनाउन चाहेको थियो त्यसमा प्रशासनको असहमति रहेको बुझियो ।’

बिहीबार आफ्नै निवासबाट पक्राउ परेकी रामकुमारी साढे पाँच घण्टापछि रिहा भएकी छन् ।

२९ माघ २०७७, बिहीवार २३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु