मन्त्रीद्धय बादल र दावा लामा प्रचण्ड-नेपाल समूहमा फर्कने तयारी

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए ।

तीमध्ये यतिबेला प्रधामन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल भने असन्तुष्ट छन् । विशेषगरी युवा संघको पुर्नगठनमा उनको पक्षधले बहिष्कार नै गरेको छ ।

यसबाट बादल आफूले मन्त्री बनाएका दावा लामासहित प्रचण्ड–नेपाल समूहमा फर्कने अनुमानहरु लगाउन थालिएको छ ।

सरकार छाडेर जाने सम्भावितमा टोपबहादुर रायमाझी, प्रभु शाह, मणिचन्द्र थापा र गौरीशंकर चौधरी पनि हुनसक्छन् । उनीहरु सबै विगतमा प्रचण्डसँग नजिक थिए । रायमाझी र शाह फर्कने सम्भावना कम नै छ । तर, राजनीति सम्भावनाको खेल भएकाले आश्चर्यजनक लाग्ने घटनाहरु हुनसक्छन् । गुट परिवर्तनमा पनि त्यस्तै हुनसक्छ ।

दुई मन्त्रीको बालुवाटारमा खोजी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने बताएका थिए ।

त्यसपछि ती दुईजना को हुन् भन्ने चासो बढेको छ । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ ।

प्रचण्डले भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता समेत भइरहेको बताए । ठुलो संख्यामा फर्कने क्रम चलेको उनको भनाई थियो ।

‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने, ‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

२९ माघ २०७७, बिहीवार २२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु