संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : जसपा

जनता समाजवादी पार्टी जसपाले राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरोध जनाएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको जनाएको छ।

यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी विरोध गर्दछ। प्रतिनिधिसभा विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ। त्यसर्थ सम्पूर्ण पार्टी र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।’

५ पुस २०७७, आइतवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु