बिना मास्क महिलासँग सेल्फी खिचेपछि राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

चिलीका राष्ट्रपतिले समुद्री तटमा गएका बेला एक महिलाका साथ सेल्फी लिएका थिए ।
चिलीमा कोरोना भाइरसलाई लिएर कडा नियम लागू गरेको छ ।
खासगरी सार्वजनिक स्थानमा नियम ताड्नेलाई जरिवाना गरिन्छ । यो कानुनले त्यहाँको राष्ट्रपतिलाई समेत छाडेन ।
उनको सेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसपछि राष्ट्रपति सेबस्टियन पिनेराले माफी मागे ।
राष्ट्रपतिले भने, ‘घर नजिकै समुद्री तटमा एक्लै हिँडिरहेको थिए । त्यसैबेला एक महिलाले मसँग सेल्फीको माग गरिन् ।’
सेल्फीमा महिलाको नजिकै देखिन्छन् पिनेरा । दुवैले मास्क लगाएका थिएनन् । साथै अघिल्लो वर्ष असमानतालाई लिएर यहाँ एक विरोध प्रदर्शन भएको थियो ।
यसैबेला राष्ट्रपतिको तस्वीर भाइरल बनेको थियो । जहाँ उनी पिज्जा पार्टी गरिरहेका थिए । यसमा पनि उनले माफी मागेका थिए ।
चिलीमा अहिलेसम्म कोराना भाइरसबाट ५ लाख ८१ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
१६ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
बिना मास्क लगाएर महिलाको साथ समुद्री तटमा सेल्फी खिचेका कारण उनले करिब चार लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
रोयटर्सका अनुसार स्वास्थ्य अधिकारीले शुक्रबार राष्ट्रपतिबाट जरिवाना तिराइएको बताएका छन् ।
५ पुस २०७७, आइतवार १५:५३ बजे प्रकाशित