योगेश भट्टराई र बिना मगरलाई मन्त्रीबाट बिदा गर्ने तयारी !

प्रधानन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन ।

मन्त्रिपरिषद पुनर्गठनमा पूर्व माओवादीतर्फका मन्त्रीहरु पनि आफैंले हेरफेर गर्नेसम्मको योजना ओलीले बनाएको निकट स्रोतले जनाएको छ ।

माधव नेपाल पक्षका पर्यटनमन्त्री योगेश भट्टराई र पूर्व माओवादी तर्फका खानेपानी मन्त्री बिना मगर बिदा गर्ने सम्भावना रहेको ओली निकट नेताहरु बताउँछन ।

दुबै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै हटाउन लागिएको बताइन्छ ।

बिना मगरलाई मन्त्रीबाट राजीनामा दिन प्रधानमन्त्री ओलीको आग्रह

२२ कात्तिक २०७७, शनिवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु