टोपबहादुर रायमाझीलाई रक्षामन्त्री बनाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् ।

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा परेको बेला आफूलाई साथ दिएका नेताहरुलाई ओलीले छानी छानी अवसर दिएका छन् ।

अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग परामर्श गरेका जनाइएको छ ।

योगेश भट्टराई र बिना मगरलाई मन्त्रीबाट बिदा गर्ने तयारी !

अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेतद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेर मोर्चाबन्दी गर्द रायमाझीले ओलीलाई साथ दिएका थिए ।

उनले एकता महाधिवेशनसम्म ओलीलाई नै निरन्तरता दिनेबारे आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका थिए । रायमाझीले पूर्व माओवादी केन्द्रका नेताहरु प्रभु साह, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापालगायतका नेताहरुलाई पनि ओलीकै पक्षमा उभ्याएका थिए । ओलीले रायमाझीको त्यही गुण तिर्नको लागि पनि यसपटक रक्षा मन्त्रालयको नेतृत्व दिने तयारी गरेका छन् ।

रायमाझी यसअघि नै उपप्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले यसपटक पनि उपप्रधानमन्त्री नै दिएर रायमाझीको प्रोटोकल म्यानेज गर्ने बालुवाटारको योजना छ । रायमाझीले यसअघि नै आफूलाई उपप्रधानमन्त्रीसहितको जिम्मेवारी दिएमात्रै सरकारमा जाने नभए नजाने भनेर स्पष्ट पारिसकेका छन् ।

बिना मगरलाई मन्त्रीबाट राजीनामा दिन प्रधानमन्त्री ओलीको आग्रह

२२ कात्तिक २०७७, शनिवार १८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु