वर्षमान पुन र बिना मगरलाई मन्त्रीबाट हटाउने तयारी
कार्यकारी अध्यक्ष प्रचण्डले कर्णालीका सन्दर्भमा आफूलाई घेराबन्दी गरेको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले प्रचण्ड सहमतिमा नआए दशैपछि लगत्तै एकतर्फी रुपमा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन ।
कर्णालीका मुख्यमन्त्री महेन्दबहादुर शाही विरुद्ध प्रदेशसभाका सबै गुटका गरी बहुमत सदस्यले दर्ता गरेको संसदीय दलको अविश्वास प्रस्ताबको समाधान नखोजी प्रचण्डले माधव नेपालसँग मिलेर गुटबन्दी गरेको र दुई पक्ष मिलेर मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति भएपछि ओली झस्किएका हुन ।
अहिले कर्णालीका नेताहरु कठमाडौंमै छन तर ओली र प्रचण्डले कुनै निकास दिएका छैनन् ।
पचण्डले ओलीलाई कर्णाली प्रकरणमा अप्ठेरो पार्न खोजेपछि प्रधानमन्त्रीले हालै आफू निकटमात्र तीन मन्त्री खाली मन्त्रालयमा थपेर जवाफ दिएको उनी निकट स्रोतले बतायो । अब पनि प्रचण्डले माधव नेपालसँग मिलेर आफूलाई फेरि गणितीय खेलमा कमजोर बनाउन खोज्ने आँकलनसहित ओलीले मित्री तयारी गरेको सो स्रोतको दावी रहेको छ ।
कर्णालीमा जस्तै दुई पक्ष मिलेर आफूविरुद्ध संसदीय दलमा बहुमत जुटाउने खेल यसअघि पनि भएकाले ओली दलमा बहुमतमा रहन चाहन्छन ।
मन्त्रिपरिषद पुनर्गठनमा पूर्व माओवादीतर्फका मन्त्रीहरु पनि आफैंले हेरफेर गर्नेसम्मको योजना ओलीले बनाएको निकट स्रोतले जनाएको छ । टोपवहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साह लगायतलाई मन्त्री बनाएर वर्षमान पुन, बिना मगर, रामेश्वर राय लगायतलाई बिदा गर्ने सम्भावना रहेको ओली निकट नेताहरु बताउँछन ।
उनले केही माधव नेपाल निकट सांसदलाई पनि मन्त्री बनाउदैछन । त्यसो गर्दा संसदीय दलमा ओली बलियो हुनेछन । हाल नेकपाका प्रतिनिधिसभामा एक सय ७४ सांसदमध्ये पूर्व एमालेका एक सय एक्काईस सांसद छन । तीमध्ये ७९ जना ओली पक्षमा खुलेका छन । संसदीय दलमा बहुमतका लागि दुवै सदनका गरी एक सय बाह सांसद आवश्यक पर्छ ।
ओलीसँग राष्टियसभामा एकतीस सांसद छन । साविक माओवादी वाहेक नै बहुमत नजिक रहेका अोलीले मन्त्रिपरिषद पुनर्गठन गरी पूर्व माओवादी कोटाबाट आफैंले मन्त्री छानेर दलमा सुविधाजनक बहुमतमा बस्न खोजेको बताइएको छ ।
ओली पक्षले प्रदेश एक र बाग्मतीको सरकार जोगाउन प्रचण्डसँग असन्तुष्ट माओवादीसँग सहकार्य गर्ने रणनीति समेत बनाएको छ । असन्तुस्ट पक्षले साथ दिएको खण्डमा ती प्रदेश सरकार जोगिनेछन । प्रचण्ड माधव नेपाल पक्षले प्रदेश एक र बाग्मतीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सांसदहरुको हस्ताक्षर गराइसकेको छ ।
४ कात्तिक २०७७, मंगलवार १९:१० बजे प्रकाशित





