चीनले सीमा मिचेको भन्दै परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको दाबी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

मैले विज्ञ टोलीसहित परराष्ट मन्त्रालय, भूमि मन्त्रालय, नेपाली सेनाका प्रतिनिधि र त्यहाँका जनप्रतिनिधिहरुको संयुक्र टोली अनुगमनमा जान पर्यो भन्ने माग राखेकी छु’ सांसद शाहीले अनलाइनखबरसँग भनिन ।

चीनले नेपालको भूमि मिचेको दाबी सांसद शाहीको छ । शाही हुम्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्छिन् ।
जवाफमा परराष्ट्रमन्त्रीले छलफल गर्ने बचन दिएको शाहीले जानकारी दिइन् ।

१२ असोज २०७७, सोमवार १८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु