हेटौंडामा साबुन फ्याक्ट्रीमा आगलागी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित महाशक्ति सोप साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा आगलागी भएको छ ।

विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१२ असोज २०७७, सोमवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु