जनरल इन्सुरेन्सलाई ३० करोडको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
जनरल इन्सुरेन्सले ३० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।
बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ ।
हाल जनरल इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडांै महानगरपालिका वडा नं १ हात्तीसार, काठमाडौंंमा रहेको छ ।
यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।
२५ भदौ २०७७, बिहीवार १५:२२ बजे प्रकाशित




