साउन २७ गतेदेखि मानुषी लघुवित्तले आईपीओ निष्कासन गर्दै

१२ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ ।

१२ साउन २०७८, मंगलवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु