प्रि ओपन सेसनमा नेप्से करिब २० अंकले घट्यो

१२ साउन, काठमाडौं । साताको तेस्रो दिन(मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २० अंकले घटेको छ।
यस दिन सो सेसनमा १९.९२ अंक घटेर ३०३०.५१ को विन्दुमा पुगेको छ।
मंगलबार सो सेसनमा १०५ कम्पनीको शेयर कारोबार भएको छ।
जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ।
बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
यस अवधीसम्म कारोबारका १०५ कम्पनीको ६१ हजार १३८ कित्ता शेयर ३ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
१२ साउन २०७८, मंगलवार ११:४२ बजे प्रकाशित