सरकारलाई बाबुराम भट्टराईको प्रश्न: निषेधाज्ञा कहिलेसम्म हो ?
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारलाई निषेधाज्ञा कहिलेसम्म हो? भनेर आइतबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।
पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो ? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो ?
सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगदरजिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो !
आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री , मन्त्री, न्यायाधीश ,सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि?
२२ भदौ २०७७, सोमवार १३:३३ बजे प्रकाशित





