वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।
बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठक प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा गौतमलाई राष्ट्रिय सभामा मनोयनका लागि राष्ट्रपतिसमक्ष पठाउने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।
सरकारको यो निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद धरापमा परेको छ।
भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो।
संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।
१८ भदौ २०७७, बिहीवार १७:५९ बजे प्रकाशित