बामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौत्तमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यहि भदौ २० गते अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभाबाट कार्यकाल समाप्त हुदैछ ।
उक्त रिक्त पदमा वामदेव गौतमलाई लाने नेकपा सचिवालय बैठकको निर्णय हो ।
बामदेवलाई राष्ट्रिय सभामा लैजान नेताहरुवीच फोनमै सहमति
सचिवालय बैठकअघि शीर्ष नेताहरुबीच फोनमै बामदेवलाई राष्ट्रिय सभामा लैजाने सहमति भएको जनाइएको छ ।
गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फोनमै सहमति भएको स्रोतको दाबी छ ।
उपाध्यक्ष गौतमले हिजो बेलुकी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका थिए ।
गौतमले सचिवालयका अन्य सदस्यलाई सहयोग गर्न आग्रह गर्दै फेरि फोन गरेका थिए ।
१८ भदौ २०७७, बिहीवार १७:५९ बजे प्रकाशित