पछिल्लो २४ घन्टामा १,१२० जनामा संक्रमण

 

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।

उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

संक्रमितमध्ये २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने २ सय ४५ जनाको ज्यान गएको छ ।

१७ भदौ २०७७, बुधवार १६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु