आगामी दुई सातासम्म कर्फ्यू लगाउन उपत्यकाका मेयरहरुको माग

 

काठमाडौं उपत्यकाका मेयरहरुले आगामी दुई सातासम्म कफ्र्यू लगाउन सुझाव दिएका छन् । उपत्यका नगरपालिका मेयर फोरमको बुधबार बसेको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू लगाउन सुझाव दिएको थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

निषेधाज्ञाको उल्लंघन धेरै भएको र संक्रमण फैलिएको भन्दै बैठकमा सहभागीले थप कडा निषेधाज्ञा (कर्फ्यू)को विकल्प नभएको बताएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा सहभागीले आगामी १५ दिनसम्म कफ्र्यू लगाउनुपर्ने सुझाब राखेका छन् ।

‘परिक्षणको दर टुंगो लगाएको छैन्, कन्ट्याटक ट्रेसिङ्ग अझ आक्रामक बनाउनु पर्नेछ’ मेयर श्रेष्ठले भने, ‘सबैको सुझाव थोरैमा एक साता नत्र दुई सातासम्म कडा खालको निषेधाज्ञा ९कर्फ्यू० लगाउनुपर्ने भन्ने छ, नत्र नियन्त्रण रोक्न सक्दैनौं ।’

श्रेष्ठले बताएअनुसार भर्चुअल बैठकमा सबै मेयरहरुले कोरोना संक्रमणलाई नियन्त्रण गर्न थप पीसीआर परिक्षणलाई आक्रामक बनाउनु पर्ने विषय उठाएका थिए ।

श्रेष्ठले जनाएअनुसार निषेधाज्ञाको बीचमा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाभित्र ३४ हजार ५ सय बढिको पीसीआर परिक्षण गरिएको थियो ।

अहिले देखिएको संक्रमण दर परिक्षण आक्रामक हुँदाको नतिजा हो ।

श्रेष्ठले भने, ‘संक्रमितको दर बढि देखिएको कारण आत्तिनु पर्दैन् । यो परिक्षण आक्रामक हुँदा देखिएको दर हो । संक्रमित जति सबैलाई आइसोलेसनमा राखिएको छ । अब झै कन्ट्याक टे«सिङ्गलाई बढाउँदा नियन्त्रण लिन सक्छौं ।’

 

१७ भदौ २०७७, बुधवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु